बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आयो नयाँ देउडाः याँ सम्झिने कोई भएन

शनिबार, १२ फागुन २०७४, १० : १४
शनिबार, १२ फागुन २०७४

काठमाडौं - गायक विरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शक स्रोता समक्ष आएका छन् ।

उनको स्वरमा सुदुरपश्चिमेली देउडा‘ ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतका साथ दर्शक स्रोता माझ आएका हुन् ।

देउडा साहित्यकार पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । गीतकार खड्काले यसअघि रचेको ‘यो लोटाउनु रांगो’ बोलको गीत सुदूर र मध्यपश्चिममा क्षेत्रमा रुचाइएको देउडा गीत मध्धेमा पर्दछ ।

गायक जोहारी र गायिका त्रिपाठीको स्वरमा सजिएको ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको हो । म्युजिक भिडियोमा राजेश खड्का र करिश्मा ढकालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’को निर्देशन र हरिश महराको छायांकन रहेको छ ।

सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु अत्यन्तै मन पराईन्छ । उनले यसअघि ‘मुई डोली चढ्न्या बेला तुई कसो लागला’, हरियाली खेतको बालो’ लगायतका दर्जनौं गीतहरुमा स्वर दिइसकेका छन् ।

भिडियो हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप