शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?

शनिबार, १२ फागुन २०७४, ०७ : २१
शनिबार, १२ फागुन २०७४

काठमाडौं - नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । 

परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्यत पुर्याएको थियो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ ।

गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरु बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहान मानिन्छ । 

उनले भने, 

-गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रुपमा लिइन्छ । 

-त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ । 

-उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप