बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

शुक्रबार, ११ फागुन २०७४, २१ : २५
शुक्रबार, ११ फागुन २०७४

बेईजिङ - चीनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन् । 

देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ । 

निर्वाचित सदस्यहरूको विवरण राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिमा पेश गर्नुपर्ने प्रावधान अनुसार निर्वाचित सदस्यहरूको नामलाई अन्तिम रूप दिन नियमानुसार शुक्रबार नै ती नाम चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा पेश हुने कार्यक्रम छ । 

निर्वाचित भएकाहरूको नामावली शनिबार प्रकाशित गर्ने कार्यतालिका रहेको चिनियाँ अधिकारीले जनाएका छन् । 

निर्वाचन आयोगले निर्वाचित प्रतिनिधिहरूको वैधानिकता र योग्यता पुरै चेकजाँच गर्दा कुनै कमजोरी नदेखिएको बताइएको छ । सो बैठक स्थायी समितिका अध्यक्ष झेङ डेजिआङले गर्नु भएको थियो । 

बैठकमा स्थायी समिति सदस्यहरुले १२औं राष्ट्रिय जनकङ्ग्र्रेसका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

साथै उनीहरुले १३औं जनकङ्ग्र्रेसको पहिलो अधिवेशनका एजेण्डाका बारेमा पनि छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप