घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसनधान आयोगले घुस लिएको अभियोग लागेका महानगरिय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठ र प्रहरी जवान उमेशकुमार थापा विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार प्रहरी कार्यालयमा परेको उजुरी मिलापत्र गराइदिए बापत सेवाग्राहीसँग घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी प्रहरी नायब निरीक्षक श्रेष्ठ र जवान थापालाई बिगोबापत रु २० हजार असुल उपर गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
यस्तै आयोगले आजै घारी मेहेलकुना इलाका वन कार्यालय सुर्खेतमा कार्यरत वनरक्षक हरिलाल राना क्षेत्रीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अवैध सालको काठको मुद्दा सहजीकरणका लागि भन्दै वनरक्षक राना क्षेत्रीले रु ९८ हजार घुस मागेको आयोगको अभियोग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु
-
भारतमा लोकसभाको निर्वाचन सुरु