शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्यूठानको अल्लो भारतसम्म पुग्यो

शुक्रबार, ११ फागुन २०७४, १८ : ३०
शुक्रबार, ११ फागुन २०७४

प्यूठान । भनिन्छ, प्रयोगमा ल्याउन सके ढुंगा पनि हिरा बन्छ, त्यस्तै भएको  छ प्यूठान जिल्लाको एउटा राम्रो पहिचान अल्लो । विगत केही वर्षयता प्यूठान जिल्लामा महिला उद्यमीहरुले अल्लो उत्पादन र प्रशोधनमा चासो दिन थालेपछि व्यापार फस्टिाउँदै गएको देखिन्छ । नेपालमा भन्दा यसको व्यापार तथा माग भारतमा वढि रहेको अल्लो उद्यमीहरुले सुनाउँछन्  ।

सरकारले स्थानीय उत्पादनको प्रबद्धनमा जोड दिए साना उद्योगहरु पनि राम्रोसँग सञ्चालन हुनसक्ने उद्यमी  चित्रकली बुढाले बताइन् । ‘हाम्रो यी साना लुुघ उद्योगहरुलाई सरकारलेनै वेवास्ता गरिरहेको छ ।’ त्यसैले व्यापारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो भएको हो । 

प्यूठानको गणतान्त्रिक खेलकुद मैदानमा ‘आधुनिक कृर्षि, पर्यटन, उर्जा र ब्यापार, उद्यमी जनशक्ति समृद्ध प्यूठानको आधार’ भन्ने मुल नारासहित १० दिन सम्म सञ्चालन भएको स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सवमा राखिएको अल्लोबाट बनाइएका सामाग्रीहरुले दर्शकको निकै आँखा तानिरहेको देखिन्थ्यो ।  ३–४ वटा स्टलहरुमा सजाएर राखेका अल्लोका सामाग्रीहरु मेलाको मुख्य आकर्षकको रुपमा नै रहेको थियो । 

स्टलमा राखिएका यी अल्लोका सामाग्रीहरु किन्ने र अवलोकन गर्नेहरुको भीड लाग्ने गरेको मेला स्टल लगि मेलामा सहभागी उद्यमीहरुले बताए । “गाउँ घरमा पाईने सिस्नुवाट बनेका यि सामाग्रीहरु हेर्दा आक्रषिर्त देखिन्छन् भन्नु भन्दा पनि यसका फाइलाहरु पहिचान गरि प्रयोग गर्नु राम्रो हुन्छ ।’

अल्लोको धागोबाट बनाइएका सामग्रीहरु लगाउदा औषधीको रुपमा कामगर्ने भन्दै धेरैजसोले अल्लोका सामाग्रीहरु मन पराएका छन्’– अल्लो उद्यमी चित्रकली वुढाले भनिन् –‘ग्रामीण क्षेत्र पाइने सिस्नो पहिले– पहिले त्यसै खेर गईरहेको थियो अहिले यलाई प्रयोगयोग्य बनाएपछि सवैले मन पराउन थाले ।’ हामीले सिस्नुको रेसावाट वनाइएको अल्लोका कपडा, झोला, टोपी, जुत्ता लगायतका आइटमहरुले जुनसुकै ठाउँको मेला महोत्सवमा पनि दर्शकले चासोका साथ हेर्ने गर्छन्’ वुढाले सुनाईन । 

महोत्सवको सुरुकै दिनदेखि हेर्नेको भिड थियो तेस्रो दिनवाट ब्यापार पनि हुन थालेको छ । महोत्सव भरि मेला स्थलमै ग्राहकको रोजाइ अनसारका सामाग्री बनाएका थियौ  । दश दिनसम्म चलेको स्वर्गद्धारी प्यूठान महोत्सवबाट २ लाख रुपैया वरावरको कारोवार गरेको उनले बताईन । 

अल्लोको रेसावाट टोपी, ज्याकेट, जुत्ता, कोट, ईस्टकोट, पछ्यौरी, झोला, लगायतका सामाग्री बिक्री गर्ने गरेको उनीहरु बताउँछन् । पहिलेका महोत्सवमा सवैले शहरका सामाग्रीलाई स्थान दिने गर्थे अहिले स्थानीय उत्पादनको प्रवद्धन गर्न आयोजकले पनि साथ दिएको छ, जिल्लावासीको पनि राम्रै साथ छ । व्यापारको लागि गत महिना भारतमा पनि गएको बुढाले सुनाइन ।

अल्लोवाट निर्मित सामाग्रीहरु अहिले युवा पुस्ताको रोजाईमा पनि पर्न थालेको छ । हेर्दा सामान्य जस्तै लागेपनि सान र व्रान्ड वेग्लै रहेको युवा उद्यमी झपेन्द्र शर्माले वताए । “व्रान्ड हेर्दा त सवै यसैको प्रयोग गर्न मन लाग्छ ।” आफुले कोट किनेको वताउने शर्माले, सवैले स्थानीय उत्पादनलाई प्रवद्धन गर्न लाग्नुपर्ने बताउँछन् । ऐलर्जी, प्रेसर लगाएतका रोगीहरुको लागि अति उपयोगी भएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप