शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियामा जारी द्वन्दबारे चीनले बढायो चासो

शुक्रबार, ११ फागुन २०७४, १८ : १९
शुक्रबार, ११ फागुन २०७४

एजेन्सी– विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् ।  अस्तव्यस्त रुपमा रहेको यस देशको द्वन्द्व समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताएका छन् । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीहरुलाई उनले आग्रह गरेका हुन् ।  हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षाको स्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उनले जोड दिएको समाचारमा जनाइएको छ । 

उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्त रुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहतले भीषण रुप लिएको छ ।  निर्दोष नागरिकको हत्या र उनीहरुका संरचनाप्रति आक्रमणको कडा शब्दमा निन्दा गर्ने उनले बताएका छन् । 

आतङ्ककारी संगठनहरु अझै पनि सिरियामा आक्रमणको तयारी गरिरहेको सूचना अहिले पनि विभिन्न अधिकारवादीहरुले यसअघि नै दिएका थिए ।  सिरियामा जारी मुद्दाको समाधान सैनिक हस्तक्षेपबाट होस् भन्नेमा चीन नरहेको र यसको समाधान राजनीतिक तरीकाबाट नै गर्नुपर्ने चीनका विशेष दूत माले बताएका छन् । 

सिरियाको पूर्वी सहर गुटामा गत आइतबारबाट सिरियाली सैनिक र रुसी सेनाको पनि सहयोगमा हवाई कारबाही सुरु भएको छ ।  सो कारबाहीको क्रममा सयौँ सर्वसाधारण मारिएका छन् । मारिनेमा ठूलो सङ्ख्यामा बालबालिका समेत रहेका छन् । 

यसैबीच प्राप्त एक अर्को समाचारअनुसार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार सिरियामा युद्धविराम सम्बन्धमा मतदात हुदैछ ।  सिरियामा सन् २०११ को मार्चबाट जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूहहरु अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको छ ।  जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप