मुलुकको समग्र हितका लागि एमालेसँग पार्टी एकता भएको होः शर्मा
शुक्रबार, ११ फागुन २०७४, १७ : ५५
काठमााडौं–नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले नयाँ सरकारले मुलुकमा आर्थिक समृद्धिको अभियान सञ्चालन गर्ने दाबी गरेका छन् । नेता शर्माले मुलुकको समग्र हितका लागि एमालेसँग पार्टी एकता गर्ने निर्णय लिइएको समेत स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र क्षेत्रको हितमा केन्द्रीत हुने गरी आफ्नो योग्यता र क्षमताको प्रर्दशन गर्न पनि निजामती कर्मचारीलाई सचेत गराए ।
नेता शर्माले नयाँ सरकारले आवश्यक्ता र औचित्यताको आधारमा कर्मचारीहरुको पुनर्संरचना गर्ने आश्वासन पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा