शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाजा बाजा’को ट्रेलरको चर्चा

शुक्रबार, ११ फागुन २०७४, १७ : ३४
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं – २५ फागुनबाट प्रदर्शनमा आउने चलचित्र हो ‘गाजा बाजा’ । चलचित्रको केही पहिले ट्रेलर सार्वजनिक भएको थियो । युट्युब मार्फत सार्वजनिक ट्रेलरले दर्शकको रोजाइमा पर्न सफल भएको छ । ट्रेलर हेर्दा  अन्य चलचित्र भन्दा देखिन्छ ।

कमेडी जनरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटी देख्न सकिन्छ । नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको यो चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । 

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको चलचित्रमा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अम्बर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल लगायतको अभिनय रहेको छ ।

‘डीआर फिल्मस्’ र ‘टुका इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रत्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप