विवाहका लागि मिठाई पकाइरहेको ग्यास सिलिन्डर लिक भई भीषण आगलागी
रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका ६ मा विवाहका लागि मिठाई पकाउने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गोनाही नगरपालिका ६ कर्कट कर्मैया टोलमा आगलागी हुँदा तत्कालीन कर्कट कर्मैया गाउँ विकास समितिका पूर्वअध्यक्ष इश्वरी यादवको घर जलेर नष्ट भएको हो ।
पूर्वअध्यक्ष यादवकी छोरीको तीन दिनपछि हुने विवाहका लागि मिठाई बनाइरहेका बेला एककासि ग्यास सिलिन्डर लिक भएर आगलागी भएको थियो । आगलागी लगत्तै आगो निभाउन खोज्दा यादवका छोरा गुञ्जेश्वरी यादवका दुवै हात जलेका छन् । उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कटहरिमा उपचार भैरहेको छ ।
आगलागी सुरु भएको केही समयपछि स्थानीयवासीले बल्दै गरेको सिलिन्डर नजिकको पोखरीमा फालेका थिए । त्यसलगत्तै स्थानीवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगालागीबाट २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर