शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जहाँ प्रियंका, त्यहाँ आयुष्मान

शुक्रबार, ११ फागुन २०७४, १७ : १५
शुक्रबार, ११ फागुन २०७४


काठमाडौं –पछिल्लो समय अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा छिन् । त्यसैले उनी जहाँ जान्छिन् । आयुष्मानको साथमा जाने गरेकी छन् ।

सुटिङ, प्रिमिएर होस् या चलचित्र सम्बन्धि अवार्ड समारोह उनी आयुष्मानका साथमा देखि नै गरेकी छन् । शुक्रवार एक ब्युटि सलूनको उद्घाटनमा समेत उनी आयुष्मानका साथ देखा परिन् ।

झण्डै डेढ दशक अघि नेपाल प्रवेश गरेको भारतको प्रतिष्ठित हबिब्स हेयर एण्ड ब्युटि सलूनले ललितपुरको जावलाखेलमा स्थानमा गरेको ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’ उद्घाटनमा पनि प्रियंका आयुष्मानका साथ पुगेकी हुन् । 

प्रियंकाले मात्र उद्घाटन गर्ने कार्यक्रम राखेको आयोजकले प्रियंकाको साथमा आयुष्मान देखेपछि दुबैबाट रिबन काटेर सलून उद्घाटन गरेका थिए ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले अन्तर्राष्ट्रिय ख्याती आर्जन गर्न सफल हेयर स्टाइलिष्ट हबिबको सैलून नेपालमा पनि विस्तार हुनुले हेयर स्टाइलिस प्रति आकर्षित युवा–युवतीहरु थप स्मार्ट हुने बिचर उनले राखिन् ।  
उद्घाटन समारोहमा द हाउस अफ हबिब्सले भारत तथा भारतभन्दा बाहिर विभिन्न ३१ वटा शाखाहरु सफलतापूर्वक सञ्चालन गरिरहेको जानकारी गराइयो ।
ललिपुरका स्थानियलाई सेवा पु¥याउने उदेश्यले जावलाखेलमा शाखा विस्तार गरिएको हबिब्स बेरिना सलूनले जनाएको छ । जावलाखेलको उक्त शाखा नेपालकै दोस्रो आउटलेटको रुपमा सञ्चालनमा आएको हो । यो सलूनमा महिला तथा पुरुष दुबैका लागि सेवा प्रदान गरिनेछ ।

सलूनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप