शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं धुम्रपानमुक्त सहर घोषणा

शुक्रबार, ११ फागुन २०७४, १६ : ५७
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं–काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको छ ।  काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई हेल्दी सिटीको रुपमा विकास गर्न धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको जानकारी गराएका हुन् । 

धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको असरलाई न्यूनीकरण गर्दै लैजाने अपेक्षा गरिएको छ । महानगरपालिकाले सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने उद्देश्यले बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा यो अभियान सुरु गरेको हो । मेयर शाक्यले मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह जस्ता प्राणघातक रोगबाट बचाउन पनि यस्ता अभियानमा सञ्चालन गर्नु परेको पनि स्पष्ट पारे । 

विश्व स्वास्थ्य संगठनको तथ्यांँक अनुसार विश्वमै नेपालका महिलाहरु सबैभन्दा बढी धुम्रपान गर्ने गर्दछन् । नेपाल सरकारले धुम्रपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार २०४९ सालदेखि नै सार्वजनिक रुपमा धुम्रपान गर्न निषेध गरेको छ । यो अभियानबाट महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप