शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एडिबीका परियोजनालाई सरकारको पूर्ण साथ रहन्छः अर्थसचिव अधिकारी

शुक्रबार, ११ फागुन २०७४, १५ : १३
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं–सरकारले एसियाली विकास बैंक ‘एडीबी’ को नेपालमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।  अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले एडिबीको नेपालमा सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । 

शुक्रबार एडीबीको नेपालमा सञ्चालित परियोजनाको समीक्षा बैठकमा बोल्दै उनले नेपाल सरकार एडीबीसँगको सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको पनि स्पष्ट पारे ।  सचिव अधिकारीले नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न गर्ने काममा एडीबीले पनि विशेष जोड दिनुपर्ने खाँचो समेत औंल्याए ।

पछिल्लो समय एडीबीले नेपालको पूर्वाधार विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप