शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालय घटाएपछि ६७ सचिवको कसरी होला व्यवस्थापन ?

शुक्रबार, ११ फागुन २०७४, १५ : ११
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं– सरकारले ३१ बाट घटाएर १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै हाल कायम रहेका ६७ जना सचिवहरुलाई व्यवस्थापन गर्न कठिन हुने भएको छ । 

सरकारले शुक्रबार मात्रै प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।  

हालसम्म प्रधानमन्त्रीको कार्यलयसहित ३१ वटा मन्त्रालय रहेका छन् । जसमा ६७ जना नेपाल सरकारका सचिवहरु कार्यरत छन् । 

सिधा हिसावमा नयाँ संरचना अनुसार अव १७ मन्त्रालय, सात प्रदेश र संविधान अनुसार गठन हुने ६ वटा आयोगमा विशिष्ठ श्रेणिका कर्मचारी व्यवस्थापन हुनेछन् । त्यो बाहेककालाई भने सरकारले दरवन्दी मिलन गर्नुपर्ने देखिएको छ । अहिले सरकारले अर्थमन्त्रालयमा २ जना सचिव राख्ने व्यवस्था गरेको छ । बाँकीमा एकएक जना नै रहने व्यवस्था छ । 

पहिला ५ वटा क्षेत्रीय प्रशासन कार्यलयमा सचिवलाई नै क्षेत्रिय प्रशासक बनाएर पठाइने गरेको थियो । 

अब प्रदेश संरचनामा गएपछि क्षेत्रीय प्रशासक स्वत खारेज भएको छ भने सातैवटा प्रदेशमा प्रदेश सचिवका रुपमा खटाइसकेको समान्य प्रशासनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप