शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जलाइयो प्रधानमन्त्री केपी ओलीको पुत्ला (भिडियो)

शुक्रबार, ११ फागुन २०७४, १४ : ३५
शुक्रबार, ११ फागुन २०७४

गुल्मी ।  गुल्मीमा नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले शुक्रबार पुत्ला दहन गरेको हो ।

पार्टीको पूर्वनिर्धारित कार्यक्रमका लागि विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको थियो । त्यसका वावजुद् पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गर्न विप्लवका कार्यकर्ता सफल भएका छन् । 

संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो । 

आज दिउँसो करिब सवा १ बजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । 

सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको र भोलि जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।

भिडियोमा समस्या भए यहाँ क्लिक गर्नुहोला


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप