मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सडक उद्घाटन गर्न पूर्व प्रधानमन्त्री प्रचण्ड रौतहट आउँदै

शुक्रबार, ११ फागुन २०७४, १२ : ०९
शुक्रबार, ११ फागुन २०७४

रौतहट–पूर्व प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अगामी फागुन १३ गते रौतहट आउने भएका छन् । जनताको श्रमदानबाट निर्माण भएको जंगलसैयादेखी महेन्द्र राजमार्ग सम्मको नयाँ सडक उद्घाटन गर्न प्रचण्ड रौतहट आउन लागेका हुन् ।

२०५३ सालमा सरकारीस्तरमा ट्रयाक खोलेर निर्माण सुरु भएपनि काम अघि नबढेको उक्त सडक माओबादीको अगुुवाईमा स्थानीयले पुुरा गरेपछि सोही सडक उद्घाटन गर्न प्रचण्ड रौतहट आउन लागेको गुुजरा नगरपालिकाका मेयर प्रत्यासी पलट चौधरी बिजयले बताए ।

जनताले उदाहरणीय काम गरेकाले बिषेश ग्राहयता दिएर पार्टी अध्यक्ष प्रचण्ड उदघाटनका लागि आउन लागेको माओबादी जिल्ला ईन्चार्ज युुवराज भटराई समिरले बताए । 
सडक उद्घाटनपछि १३ गते नै मौलापुरमा पनि एक कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

४१ किमि बाटो ग्राभेल हुुँदै
यसैवीच पूर्व मन्त्री एवं सांसद प्रभुु साहको सकृयतामा ४१ किलोमिटर लामो सडक ग्राभेल हुुने भएको छ । एसएनआर टिपिको कुल चार करोड ७५ लाखको लगानीमा उक्त सडक ग्राभेल गर्ने प्रकृया सुुरु भएको हो ।
बाटोमा ग्राभेल गर्न टेण्डर आव्हान समेत भईसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर सञ्जय साहले बताए । कटहरिया,कर्कच कर्मैया,टिकुुलिया,प्रेमपुर गोनाही हुुदै धरहरी सम्मको पहिलो प्याकेज अन्तरगत २१ दशमलव ६८ किलोमिटर बाटोको लागि दुुईकरोड ३० लाख रुपैया छुुटयाईएको छ ।

त्यसैगरी दोस्रो प्याकेज अन्तरगत गुुुजरा नगरपालिकाको रंगपुर,परसवा हुँदै गम्हरीया बिर्ता सम्मको ११ किलोमिटर बाटाका लागि एक करोड ५० लाख रुपैयाको बजेट रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

त्यस्तै तेस्रो प्याकेजका रुपमा धरहरी,दिपही,खेसरहिया शुकदेवचौक सम्मको बाटोमा ९५ लाख छुुटयाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप