भारतीय डाक्टरहरुद्वारा विश्वकै सबैभन्दा ठूलो मस्तिष्क ट्युमरको सफल शल्यक्रिया
काठमाडौँ । ३१ वर्षे पुरुषबाट १.८ किलोग्रामको ब्रेन ट्युमर हटाउने शल्यक्रियामा सहभागी भारतका डाक्टरहरुका अनुसार यो ट्युमर संसारको सबैभन्दा ठूलो हुनसक्ने बताए ।
सात घण्टा लामोे सो शल्यक्रिया १४ फेब्रुअरीका दिन पश्चिमी मुम्बईस्थित नायर हस्पिटलमा भएको थियो ।
तर शल्यक्रियापूर्ण सफल भएको विश्वस्त नभएकाले डाक्टरहरुले त्यसको समाचार ढिलो गरि सार्वजनिक गरेका हुन् ।
“उनको स्वास्थ सुधारको क्रममा रहेको छ । अब उनी खतरा बाहिर छन् ।” शल्यक्रृयामा संलग्न न्यूरोसर्जन प्रमुख डा. त्रिमुर्ती नद्कर्नीले भने ।
उत्तर प्रदेशको उत्तरी भेगमा किराना पसल चलाएर बसेका सन्तलाल पाल विगत तीन वर्षदेखि ट्युमरका साथ बाँचिरहेका थिए ।
डाक्टरहरुले भने अनुसार ट्युमरको कारण पालको दृष्टिनै गुमेको थियो । शल्यकृयापछि स्वास्थलाभ गर्नेक्रममा उनले आफ्नो गुमेको दृष्टी पुनःप्राप्ति गर्ने डाक्टरहरुले आशा गरेका छन् ।
उनकी श्रीमतीले हिन्दु पत्रिकासँग बौल्दै उत्तर प्रदेशका तीन हस्पिटलहरुमा देखाउदा त्यहाँका डाक्टरहरुले उनको श्रीमानको ट्युमर शल्यक्रिया गर्न नमिल्ने भनेको बताइन् ।
“यस्तो केसहरु निक्कै जटिल हुने गर्छन्,” डा. नद्कर्नीले भने । उनले यसको जटिलता दर्साउन सो शल्यक्रियाको क्रममा पाललाई ११ युनिट रगत चढाउनुपरेको सन्दर्भ सम्झिए ।
शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो ।