शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, ११ फागुन २०७४, ११ : १७
शुक्रबार, ११ फागुन २०७४

झापा -झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले नियन्त्रणमा लिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप