शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एकसाथ आए पञ्चेबाजा’ र ‘साढे ७’

शुक्रबार, ११ फागुन २०७४, ११ : १५
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं – आज शुक्रवारबाट एकसाथ दुई चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘पञ्चेबाजा’ र ‘साढे ७’ । यी दुबै चलचित्र एक अर्काेसँग प्रतिप्रस्र्धा गर्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘पञ्चेबाजा’ मल्टिस्टार कलाकारले भरिएको प्रचार प्रसार सहित प्रदर्शनमा आएको चलचित्र हो, भने ‘साढे ७’ कम प्रचारमै प्रदर्शनमा आएको हो । यसमा गायक सत्यराज हिरो बनेका छन् । 

‘पञ्चेबाजा’ 
आधुनिक प्रेम कथामा आधारित चलचित्र पञ्जेबाजा राजेश शाहीले निर्माण गरेका हुन् । सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा शाक्य बीचको त्रिकोणात्मक प्रेम चलचित्रमा देख्न सकिन्छ । चलचित्रको नाम पञ्जेबाजा भए पनि यसमा आधुनिक प्रेम कथा समेटिएको निर्माता शाही बताए । चलचित्र पञ्जेबाजलाई  उपत्यकाका २० र मोफसलका ४५ गरी ६५ ओटा हल मिलेको छ । 

चलचित्र पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सारा गुरुङ सह निर्माता रहेको यो चलचित्रलाई पोखरा आसपासको सुन्दर दृष्यमा छायाँकन गरिएको हो । जसमा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी सहितको अभिनय छ । 

पञ्जेबाजामा कालीप्रसाद बासकोटा र बिकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ । 

‘साढे ७’
बरिष्ठ कलाकार सुनिल थापा र सत्यराज तथा स्वरुपराज आचार्यले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘साढे ७’ पत्रकारको बिषयबस्तुमा बनेको चलचित्र हो । फोटो पत्रकार साढे ७ को दशामा पर्दा के हुन्छ भने विषयमा चलचित्रले देखाउने निर्माण युनिटले जानकारी दिए । चलचित्रको कथा साम्तेन भुटियाले लेखेका हुन्, भने निर्देशन उनकै रहेको छ ।  

चलचित्रमा सत्यराजको साथमा कामेश्वर चौरासिया र मेनुका प्रधानको मूख्य अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप