बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छमछमीले प्रेमी जुराइदियो – मोडल पूर्णिमा श्रेष्ठ

शुक्रबार, ११ फागुन २०७४, १० : ३८
शुक्रबार, ११ फागुन २०७४

पूर्णिमा श्रेष्ठ कलाकारितामा परिचित नाम हो । म्युजिक भिडियोदेखि स्टेज कार्यक्रमसम्म छाउन सफल उनलाई आधुनिक, पप र लोकलगायत प्रायः सबै प्रकारका गीतको म्युजिक भिडियो अभिनयमा समेत देख्न सकिने उनी भिडियो निर्देशकको राजाइँकी मोडल पनि हुन् । अहिलेसम्म ४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय कला प्रस्तुत गरिसकेकी श्रेष्ठको यो यात्रा अझै जारी छ । ‘लरक्कै लक्र्याे रातो सारी भुइँमा, क्याम्म्पस पढ्न आउनी, एकादशी बजारमा, नाइ नभन्नु ल, मैले जोवन मायालाई साचेको, झिम्काइदेऊ परेली, दाबी देखिन्छ, भुरुरु पुतली उड्योलगायत उनको मोडलिङ रहेका थुप्रै गीत चर्चामा छन् । २०५४ मा नारायणी कला मन्दिरबाट नृत्यको औपचारिक प्रशिक्षणसहित यो क्षेत्रमा होमिएकी श्रेष्ठले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोक दोहोरी अवार्ड २०७१ मा ‘बेस्ट मोडल’को उपाधिसमेत हासिल गरेकी छन् । राष्ट्रव्यपी नृत्य प्रतियोगिता ‘छमछमी सिजन वान’मा पनि फस्टरनरअफ विजेता उनीसँग देशको आधाभन्दा बढी जिल्लासहित सिङ्गापुर, हङ्कङ, कोरिया, टर्की, कतार, दुबईलगायत १४ मुलुकको स्टेज कार्यक्रम अनुभव छ । आफूलाई नृत्यमा अझ पारङ्गत बनाउन ‘सृजना कलेज अफ फाइन आट्र्स’मा कथक, चरिया र  लोक नृत्य विषयमा स्नातक गर्दै रहेकी उनी नेपाल पुलिस क्लब सांस्कृतिक सहमूहकी कर्मचारी पनि हुन् । आकर्षक शरीर र लोभलाग्दो बैंसले भरिएकी पूर्णिमासँग रातोपाटीको दश प्रश्न ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
‘इन्डियन साङ्गीतिक टुर’को तयारीमा छु । वैशाखमा आयोजना हुने यो टुरमा एक दर्जन कलाकारसहित भारतको सिक्किम, कालिपोङ, आसाम लगायतका करिब एक दर्जन स्थानमा विभिन्न नेपाली कलासंस्कृति झल्कने कार्यक्रम पुग्ने तयारी गरिरहेकी छु ।

कलाकार मान्छे तपाईं, सौन्दर्यतिर कतिको रुचि छ ?
सौन्दर्यको आइडिया मलाई सबै छ । तर धेरै मेकअप गर्न त्यति मन पर्दैन । अधिकांश समय गर्ने मेकअप भनेको मस्काराइजर, सन्ब्लक, हल्का गाजल र लिबिस्टिक नै हो ।

फेसनको फलो गर्नुहुन्छ कि ?
फेसनका हरेक परिवर्तनसँग जानकार छु । आइडिया पनि छन् तर अफिसका कारणले नर्मल फेसनमा हिँड्न रुचाउँछु । कुनै कार्यक्रम वा पार्टीमा सहभागी हुनु पर्यो भने चलेको फेसन फलो गर्छु । मलाई मनपर्ने फेसन सारी नै हो । सारीमा मेरो सुन्दरता खुल्छ । वान पिस र अन्य पहिरन पनि प्रयोग गर्ने गरेकी छु ।

पूरा नभएका सपना ?
हिरोइनका रूपमा चलचित्र अभिनय गर्ने मेरो सपना थियो । अहिले अफिसियल कामले त्यो पूरा हुन सकिरहेको छैन । म्युजिक भिडियो त धेरै गरेकी छु । 

कस्तो केटा मनपर्छ ?
आवश्यकभन्दा बढी नबोल्ने, फ्र्याङ्क खालको सबैसँग सजिलै घुलमिल हुनसक्ने ।

प्रेममा हुनुहन्छ ?
छु, अहिले जोसँग प्रेम बसेको छ । उहाँ नै मेरो पहिलो र अन्तिम प्रेम हो । म लियालिटी सो छमछमीको सहभागी थिए । सोही क्रममा उहाँसँग भेट भएको हो । एनटिभीको एक कार्यक्रमको प्रोडुसर हुनुहन्थ्यो उहाँ । छमछमीमा मैले नाचेको देखेर उहाँले म्यासेज गर्नुभयो, चिनजान नहुँदै गीतहरू छानिदिनेलगायतका सहयोग गर्नुहुन्थ्यो । त्यसपछि भेटघाट हुन थाल्यो । उहाँले प्रेमप्रस्ताव पनि राख्नुभयो । मैले पनि स्विकारेँ । छमछमीले प्रेमी जुर्याइदियो भन्दा पनि हुन्छ ।

फुर्सदको समय कसरी बित्छ ?
घरको सरसफाइलगायतका काममा ध्यान दिन्छु । यसबाट पनि बचेको समय अध्यायनमा लगाउँछु । उपन्यास, कथा अध्ययन गर्छु ।

मनपर्ने हिरो ?
प्रेम गीत चलचित्रको हिरो प्रदीप खड्का मनपर्छ । उहाँको अभिनय पनि राम्रो छ । राम्रो लाग्छ ।

कस्ता गीत सङ्गीत सुन्नुहुन्छ ?
रोमान्टिक गीत सङ्गीत मनपर्छ । यस्ता गीत सङ्गीत नै धेरै सुन्ने गरेकी छु ।

रोजेको व्यक्तिसँग डेट जाने अफर दियो भने ?
अमेरिकन र्यापर पिकबुल मलाई राम्रो लाग्छ । अवसर मिल्यो भने उनीसँग नै जान चाहन्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप