मन्त्रिपरिषद्को निर्णय : १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको कार्य सम्पादन नियमावलिलाई परिर्वतन गरि मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यालय सहित १८ हुने गरि कायम गर्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
तात्कालिन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदनलाई आधार मानी केन्द्रमा १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको हो ।
यसअघि, एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो । सोही सहमतिलाई आज बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण