मन्त्रिपरिषद्को निर्णय : १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको कार्य सम्पादन नियमावलिलाई परिर्वतन गरि मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यालय सहित १८ हुने गरि कायम गर्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
तात्कालिन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदनलाई आधार मानी केन्द्रमा १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको हो ।
यसअघि, एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो । सोही सहमतिलाई आज बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिएन क्याम्पसको २२२ रोपनी जग्गा सरकारीकरण, क्याम्पस परिवार आन्दोलित
-
परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
-
घटेन गण्डकीमा डेंगु सङ्क्रमण
-
स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषद्बाट पास गर्छौं : मन्त्री भण्डारी
-
बाढी पहिरोबाट खेलकुद क्षेत्रमा ठुलो क्षति
-
निगमका चार परियोजना बनाउन आईओसीसँग सम्झौता, पेट्रोलियम परियोजनाको अन्यौल हट्यो