शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१४ बर्षमा आमा बनेकी मनिषाले १८ मा गरिन् स्थायी बन्ध्याकरण

शुक्रबार, ११ फागुन २०७४, ०७ : ०१
शुक्रबार, ११ फागुन २०७४

डोटी - कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वषमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

बोगटान गाउँपालिका- १ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।  १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् ।

‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् । सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन्  । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन्  ।

‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’ सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले बताए ।

‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप