आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विजयी जुलुसमा एमालेमाथि आक्रमण

सोमबार, १९ असार २०७४, ०६ : ४२
सोमबार, १९ असार २०७४

सुनसरी - रामधुनी भासी नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेद्वार डेगराज फुयाल विजयी भए पछि निकालिएको विजयी जुलुसमा काग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।  

आक्रमणमा युवासंघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्ले घाइते भएको रातोपाटी संवाददाताले जनाएका छन् । 

वेलुका मतपरिणाम घोषण भए पछि रामधुनी ७ मा निकालिएको विजय जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताहरुले बताएका छन् । 

इलाका प्रहरी कार्यालय पकलीका इन्पेक्टर शान्तराम कार्कीले भने समान्य विवाद भएको र त्यबारे आफुले अनुसन्धान गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप