पूर्णिमाको दर्शकलाई नयाँ वर्षको उपहार ‘हिरोज’
काठमाडौं – अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति तय भएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने निर्माता समेत रहेकी अभिनेत्री पुर्णिमाले जानकारी दिइन् ।
बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारको अभिनय रहेको छ ।
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् ।
नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागिएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउँछिन् । ‘हिरोज’ मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ । ‘हिरोज’ को वितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन