शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते

बिहीबार, १० फागुन २०७४, १८ : १६
बिहीबार, १० फागुन २०७४

मलेखु– एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन् ।  हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । 

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप