भक्तपुर नपाको जानकारी दिन पाठ्यक्रम
भक्तपुर । भक्तपुर नगरपालिकाले नगरबारेका जानकारी विद्यार्थीहरुहरुलाई दिन सामुदायिक तथा निजी विद्यालयहरुका लागि पाठ्यक्रम तर्जुमा गरिरहेको छ ।
आउँदो शैक्षिक सत्रदेखि नै लागू हुने गरी नगरपालिकाले पाठ्यक्रम निर्माणको कार्य शुरु गरेको हो ।
नगरपालिकाले पाठ्यक्रम बनाउन पाँच सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहको अधिकार प्रयोग गर्दै स्थानीय तहको सामग्री समावेश गरी पाठ्यक्रम निर्माण गर्न कार्यदल बनाएको बताए ।
विद्यार्थीलाई भक्तपुरको कला, संस्कृति र पहिचानका बारेमा जानकारी गराउन यस्तो पाठ्यक्रम खाँचो महसुस गरिएको हो । आगामी वैशाखदेखि नै स्थानीय पाठ्यक्रम लागू गर्ने तयारीका साथ काम भइरहेको प्रमुख प्रजापतिको भनाइ छ ।
जेन्युइन इङ्गलिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेको संयोजकत्वमा शिक्षाविद् सिद्धिराज शाक्य, आदर्श उमावि लाय्कू थिमिका प्राचार्य उद्धव सुजुखु, शारदा माविका रोशन तुईतुई र शारदा कलेजका राजेन्द्र श्रेष्ठ रहनुभएको पाँच सदस्यीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरिएको छ ।
नगरपालिकाले नगरको पाँचवटा विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउन लागेको संयोजक बिजुक्छेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाले सहकारी विभागमा मनोनयन गरे १० सदस्य
-
प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता