बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकले दिपेन्द्र सिंह ऐरीलाई १ वर्षका लागि प्रायोजन गर्ने

बिहीबार, १० फागुन २०७४, १८ : ०९
बिहीबार, १० फागुन २०७४

काठमाडौँ । आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली राष्ट्रिय टिमका सदस्य तथा यू–१९ टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई पा्रयोजन गरेको छ । 

बैंकको रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो ।  

प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि ४ लाख रुपैयाँ (मासिक रु. २०,००० हजार र बाँकी रकमको खेलकुद सामाग्री) प्रदान गर्नेछ । 

कार्यक्रममा बोल्दै बैंकप्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए । उनले  नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।

समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए । 

सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली

खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप