बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगद्वारा राष्ट्रपति निर्वाचनको मिति घोषणा, यस्तो छ निर्वाचन कार्यतालिका

बिहीबार, १० फागुन २०७४, १७ : ५१
बिहीबार, १० फागुन २०७४

 काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति फागुन २९ गतेका लागि तोकेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले आज सो निर्णय गरेको हो । बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम फागुन २९ गतेका लागि निर्वाचन मिति तोकिएको आयोद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ  बैठकले निर्वाचन कार्यक्रम समेत तय गरेको छ ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ भने २१ गतेनै मतदाता नामावली माथि दावी विरोध गर्न सकिनेछ । त्यस्तै फागुन २२ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने जनाइएको छ । त्यस्तै २३ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । 
यस्तो छ निर्वाचन कार्यतालिका 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप