शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्त संस्थाहरुको अभियानमा राष्ट्र बैंक पथप्रदर्शक हुन तयार छः डेपुटी गभर्नर श्रेष्ठ

बिहीबार, १० फागुन २०७४, १७ : ३२
बिहीबार, १० फागुन २०७४

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाहरुले सक्रिय भूमिका निर्वाह गरिरहेको बताएका छन् । आज स्वालम्बवन विकास केन्द्रद्वारा आयोजना गरिएको लघुवित्त वित्तीय संस्थाहरुको दुई दिने गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले लघुवित्तको माध्यामबाट ग्रामीण अर्थतन्त्रको मुहार फेरिएको र लघुउद्यम विकासमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रसंशा समेत गरेका थिए । उनले लघुवित्त संस्थाहरुको यो अभियानमा नेपाल राष्ट्र बैंक पथ प्रदर्शकको रुपमा अघि बढ्न तयार रहेको समेत स्पष्ट पारे । गोष्ठीमा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मूल मर्म र उद्देश्य बमोजिम अगाडी बढ्न सहभागी विभिन्न संस्थाका संचालक समितिका सदस्यहरुलाई आग्रह गरेका थिए । 

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका ग्राहक सदस्यको संरक्षण र उनीहरुको आर्थिक सामाजिक विकास साथै उद्यमशीलता विकास गर्दै आयस्तर अभिवृद्धि गर्न संस्थाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए ।  गोष्ठीमा देशभरबाट २२ वटा लघुवित्त संस्थाका ४० जना सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक तथा लघुवित्त विज्ञहरुको सहभागिता रहेको छ । गोष्ठी फागुन ११ गतेसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप