शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको नेता दोस्रो पुस्तालाई दिनुपर्छ : यादव

बिहीबार, १० फागुन २०७४, १७ : ०१
बिहीबार, १० फागुन २०७४

काठमाडौं– काँग्रेसका नेता रामकृष्ण यादवले संसदीय दलको नेता दोस्रो पुस्ताले पाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा यादवले संसदीय दलको नेतामा सभापति देउवाले आफूलाई अघि सार्न नहुने धारणा राखे । 

उनले भने,‘सभापतिले अब संसदीय दलको नेता बन्न जोड गर्नुहुँदैन्, बरु उहाँले अब दोस्रो पुस्ताको नेतालाई दिनुपर्छ ।’ यादवले सकेसम्म दलको नेता सर्वसम्मतीमा चयन गरिने पनि विश्वास दिलाए । 

उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं ।’ उनले वाम गठबन्धनको सरकारले जनतामा गरेको वाचा अनुसार काम गर्नका लागि आफूहरुको शुभकामना भएको बताए । 

कार्यक्रममा नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले प्रदेश नम्बर ३ को राजधानी सबै हिसाबले भक्तपुर नै उपयुक्त हुने बताए । उनले भने,‘यो कुरा मैले भत्तफुरको तर्फबाट मात्रै भनेको होईन, समग्र ३ नम्बर प्रदेशको तर्फबाट भनेको हुँ, प्रदेशको राजधानी बनाउँदा भौगोलिक सुगमता पनि हेरिनुपर्छ, यसअघि सरकारले गठन गरेको प्राविधिक समितिले पनि सानो ठिमी सिफारिश गरेको थियो, हेटौडा व्यवस्थित् छैन ।’

बस्नेतले हेटौडा राजधानी हुनको लागि व्यवस्थित् छैन भन्ने कुरामा एकमत देखिएको पनि जिकिर गरे । यद्धपी हेटौडाका सांसदहरुले ठिक छ भन्नु स्वभाविक भएको उनको तर्क थियो । उनले भने,‘सानो ठिमी त राजधानी बन्नकै लागि संरचना भएको छ, राजधानी सानो ठिमी भयो भने राज्यको डेढ देखि दुई अर्ब बचत हुन्छ।’

त्यस्तै उनले भक्तपुरसँगै काभ्रेको चर्चा भएपनि ट्राफिक जामको हिसाबले त्यो झन्झटिलो हुने तर्क गरे । उनले राजधानी कहाँ राख्ने भन्नेबारे सांसदहरुले विवेकपूर्ण निर्णय लिनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । 

उनले सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारे । उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउँछ, सकेसम्म आजै मन्त्रिमण्डल विस्तार हुन्छ, नभए भोलि त पक्का हुन्छ ।’ 

नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद अमनलाल मोदीले राम्रो र वैज्ञानिक मापदण्ड बनाईए आफू मन्त्री हुने निश्चित भएको ठोकुवा गरे । यद्यपी आफू मन्त्री हुनकै लागि चाप्लुसी, चाकडी वा धाउने काममा नलाग्ने स्पष्ट पारे । उनले भने,‘अहिले वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री हुन्छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप