शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबैभन्दा लामो आयु बाँच्ने मानिसहरु बस्ने विश्वका ५ स्थानहरु

बिहीबार, १० फागुन २०७४, १६ : ५२
बिहीबार, १० फागुन २०७४

काठमाडौँ । विश्वव्यापी औसत आयू ७१.४ वर्ष रहेको छ । केही भूभागमा औसत आयू निकै छोटो र केही स्थानमा निक्कै लामो रहेको छ ।

हामीले यहाँ मानिसहरुले लामो जीवन जिउने ५ स्थानहरु छानेका छौँ । तिनीहरु ‘ब्लू जोन’ नामले चिनिन्छन् । खोजकर्ताले तिनलाई चिनाउन नक्सामा निलो रङ्गको प्रयोग गर्ने आधारमा तिनको नाम त्यसो भनिएको हो । 

यिनीहरु संसारका सबैभन्दा स्वस्थ र पाका मानिसहरुको बासस्थान हो । ‘ब्लू जोन्स’ र ‘द ब्लू जोन्स सोलुसन’का लेखक रहेका ड्यान व्यूटनरले टाइमसँग त्यहाँका बासिन्दाहरुको दीर्घ जीवनको रहस्य पनि खुलाएका छन् । तपाई पनि तिनको बानी अनुसरण गरेर दीर्घजीवन बाँच्न सक्नुहुन्छ ।

सार्दिनिया, इटाली
खानामा नियमित सागपात, दैनिक शारीरिक कर्म र परिवारिक घनिष्टताले यो ‘ब्लू जोन’ मा विश्वमा सबैभन्दा ठूलो सङ्ख्यामा शतक उमेरका पुरुषहरु रहेका छन् । प्रत्येक दिन पाँच माइल हिँड्ने भेडा गोठालो र पाको उमेरमा छोरीहरुको हेरचाह पाएका मानिसहरु योभन्दा बढी बाँच्न सक्छन् । साथै पुस्ता दर पुस्ता सरेर जाने एम–२६ मार्कर नामक जिनको पनि यो दीर्घ आयुमा हात रहेको बताइन्छ । 

ओकिनावा , जापान
धेरै ‘ब्लू जोन्स’को समान गुण भनेको परिवार र समुदायमा जोड हो । र, सम्बन्धको शिखर यो जापानी सहरमा देख्न पाइन्छ । ओकिनावावासीहरुको दीर्घ आयुपछाडी सूत्र हो– एक सानो तर घनिष्ट सामाजिक वृत । यो सम्बन्ध जीवनको सबै उतार चढावमा साथ रहन्छ । यसले प्रदान गर्ने समाजिक सहयोगले मानसिक तनाबलाई कम गर्छ र सार्वजनिक स्वास्थ बानीको विकासमा सघाउ पु¥याउँछ । परिणाम ? विश्वको सबैभन्दा लामो उमेर बाँच्ने महिलाहरु, जसमध्ये धेरैले सय वर्ष काटेका छन् ।

निकोया ,कोस्टारिका
धेरै ‘ब्लू जोन्स’का बासिन्दाले प्रशोधित खानालाई पन्छाउन् । निकोयाबासीले यसलाई अझ अर्को स्तरमा पु¥याएका छन् । कोष्टारिकाका जनताले परम्परागत रुपमा आफूलाई आवश्यक क्यालोरी राजमा, इस्कुस, मकै र उष्ण प्रदेशिय फलफूलबाट पाउँछन् । वनस्पतिको उर्जाबाट अघि बढिरहेको यो समाजका अधिकाशं मानिस पौष्टिक खाना र घर बाहिर धेरै समय बिताउनाले शरिरिक रुपमा बलियो हुन्छन् । साथै जीवन निर्देशित गर्ने उद्देश्यले निकोशियाबासीहरुलाई मानसिक र आध्यात्मिक रुपमा ९० र अझ बढी उमेरमा पनि परिपूर्ण अनुभूति गराउँछ ।

लोमा लिन्डा, क्यालिफोर्निया अमेरिका
अमेरिकाको एक मात्र ‘ब्लू जोन’ प्रोटेस्टेन्टहरुको एक शाखा ‘सेभेन्थ डे एडभेन्टीस्ट चर्च’को लागि स्वर्ग हो । सामूहिक नैतिकताको नियम, समूदायलाई पहिलो प्राथमिकता र ‘सबाथ’ (क्रिश्चियन विदा जब उनीहरु आफू र आफ्ना कर्मका बारेमा घोत्लिने गर्छन्)को पालनाले लोमा लिन्डाका बासिन्दाहरु बाँकी अमेरिकीहरुभन्दा दश वर्ष बढी बाच्छन् । त्यहाँका बासिन्दा धेरैले मासु खाँदैनन् । तिनीहरु अत्यधिक मात्रामा वनस्पती र दानादार खानाको प्रयोग गर्ने गर्छन् । 

इकारिया, ग्रिस
आफ्नो टापूप्रतिको उग्र गर्भको भावनाले इकारियाबासी आफ्नो समुदायसँग घनिष्ट सम्बन्ध महसुस गर्छन् । त्यसका अतिरिक्त दिउँसोको ‘न्याप’का कारण ढिलो सुत्ने जीवनशैली र भूमध्यसागरीय खानपान– फलफूल, तरकारी, राज्मा, दानादार खाना, आलू र ओलिभ तेलको प्रशस्त उपभोगले ३ मा १ इकारियाबासी ९० भन्दा बढी उमेर सहजै बाच्छन्् । यत्रो समय बाँच्दा पनि त्यो टापूमा बुढेसकालमा देखिने डिमेन्सिया र दीर्घ रोग देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप