शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई १ वर्षको प्रायोजन

बिहीबार, १० फागुन २०७४, १६ : ५१
बिहीबार, १० फागुन २०७४

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर  नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन  टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको प्रयोजन गरेको छ । 
बैंकको रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो ।  प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको स्पोर्ट्स किट  प्रदान गर्नेछ । 
बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बैंकका  प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले ऐरीलाई सम्मान गरेको बताए । 
 साथै उनले  नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे । 
समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए । 
सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप