शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाहिर जुनसुकै पार्टी भएपनि प्रदेश बनाउन जुटौंः मुख्यमन्त्री राउत

बिहीबार, १० फागुन २०७४, १६ : ४८
बिहीबार, १० फागुन २०७४

महेन्द्रनगर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।  आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताए । 

उनले भने, “प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैन ।”  मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’का आधारमा अघि बढ्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप