बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठमेल पर्यटन विकास परिषद्को ध्यानाकर्षण

बिहीबार, १० फागुन २०७४, १६ : १५
बिहीबार, १० फागुन २०७४

काठमाडौं – ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) का अध्यक्ष समिर गुरुङको नाम जोडेर सामाजिक संजालहरुमा अनर्गल प्रचारप्रति गरिएको भन्दै परिषद्ले गम्भिर आपत्ती जनाएको छ । 
परिषद्ले आज प्रेस विज्ञप्ती जारी गर्दै गुरुङले परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेसँगै ठमेलको विकासमा लागेको अवस्थामा उनको चरित्र हत्या गर्ने र संस्थाको बदनाम गर्ने मनसाय स्वरुप सामाजिक संजालहरुमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ती जनाएको हो । 
‘हाल परिषद्को अगुवाइमा ठमेलमा ढल निर्माण, तार व्यवस्थापन, फोहोर व्यवस्थापन, सडक निर्माण देखि भेइकल रेगुलेट, सिसिक्यामेरा जडान लगायताका कामहरु भइरहेको छ ।’ परिषद्ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘जुनकार्यबाट यस क्षेत्रका स्थानीय, व्यावसायी मात्र होइन ठमेल घुम्न आउनेहरुले समेत सहज महसुश गरेका छन् । यस्तैगरि ठमेललाई व्यवस्थित र सुन्दर बनाउने अभियानमा खटिरहेको परिपेक्षमा केही अवाच्छिक तत्वहरुले अध्यक्ष र संस्थाको  कार्यलाई प्रभावित पार्ने सुनियोजित षड्यन्त्र सहित प्रशासनलाई समेत जोडेर गरिएको प्रचारको कुनै तुक र प्रमाण छैन ।’
साथै सामाजिक संजालमा गरिएका हल्लाकै भरमा ठमेलको विकासमा कुनै पनि बाधा नपु¥याउने भन्दै  भ्रामक प्रचारको पछि नलागी ठमेल विकासको महान अभियानमा परिषद्ले थालेका कार्यहरुमा साथ दिन आग्रह समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप