बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुमा बस दुर्घटना,  ४४ जनाको मृत्यु

बिहीबार, १० फागुन २०७४, १३ : ५३
बिहीबार, १० फागुन २०७४

एजेन्सी– पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ ।  लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । 

पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उनले बताए ।  गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए । 

गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।  मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो । 

अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप