बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सार्वजनिक भयो एम्नेस्टी इन्टरनेश्नलको प्रतिवेदन, ट्रम्पदेखि पुटिनसम्म दोषी देखिए

बिहीबार, १० फागुन २०७४, १३ : ३७
बिहीबार, १० फागुन २०७४

काठमाडौं–  एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारसम्बन्धी आफ्नो वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक एम्नेस्टीको प्रतिवेदनमा संसारले सीमान्तकृत समूहहहरू माथिको व्यापक विभेदलाई सामान्यीकरण गर्ने जोखिमपूर्ण शब्दको आडम्बरमा डरलाग्दो परिणामको फसल भित्राई रहेको जनाएको छ । 

यद्यपी एम्नेस्टीले वर्षाैंदेखि सामाजिक न्यायको अभियानमा लागेका दुवैथरी अभियन्ताहरूको बढ्दो अभियानले विस्तारै दमनतिर गइरहेको गतिलाई सही दिशामा फर्काउने आशा प्रदान गरेको जनाएको छ । 
विश्वको मानवअधिकार अवस्था शीर्षकको उक्त प्रतिवेदनमा १५९ देशहरू समावेश गरिएको एम्नेष्टीले जनाएको छ । जसले विश्वको अहिलेको मानवअधिकार अवस्थाको सबैभन्दा विस्तृत मूल्याङ्कन गरेको दावी गरेको छ ।
‘संयुक्त राज्य अमेरिकी सरकारद्वारा जनवरीमा थुप्रै मुस्लिम बाहुल्य देशका मानिसलाई गरेको प्रवेश निषेधको प्रष्ट घृणित चालले यस वर्षको लागि एउटा पृष्ठभूमि तयार पा¥यो जसअन्तर्गत नेताहरूले घृणाको राजनीतिलाई सबैभन्दा खतरनाक निष्कर्षमा पुर्याए’ एम्नेस्टी इन्टरनेसनलका महासचिव सलिल सेट्टीले भनेका छन् ।

घृणा गर्न, अरुलाई बलिको बोको बनाउन र अल्पसङ्ख्यकहरूसँग डराउन प्रोत्साहन गरिएको समाजको अन्तिम परिणति म्यान्मारमा रोहिङ्ग्या समुदायबिरुद्ध भएको जातीय सफायाको कहालीलाग्दो सैन्य कारबाही छताछुल्ल भएको पनि सलिलले भनेका छन् ।

विश्वका नेताहरूले मानवअधिकार त्यागे 
अहिलेको विश्व व्यवस्थामाथि घृणा र त्रासको तरवार झुण्डिरहेको र यो निराशाजनक समयमा मानवअधिकारको पक्षमा उभिएका थोरै मात्र सरकारहरू भएको प्रतिवेदनमा छ ।’ बरु, अल सिसि, दुतेर्ते, मादुरो, पुटिन, ट्रम्प, जी जस्ता नेताहरूले दशौं लाख मानिसहरूको अधिकारलाई निर्मम ढङ्गले कमजोर पारिरहेका छन्’ सलिले प्रतिवेदन सार्वजनिक गर्दै भनेका छन् । एम्नेष्टीले म्यान्मारदेखि इराक, दक्षिण सुडान, सिरिया र यमनमा भएको मानवताविरुद्धको अपराध र युद्ध अपराधप्रतिको कमजोर जवाफले मानवअधिकारका सवालमा नेतृत्वको अभाव रहेको कुरालाई उजागर गरेको जनाएको छ ।

वासिङ्गटन डि.सि.मा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले राष्ट्रपति ट्रम्पको मानवअधिकारका पश्चगामी पाइलाहरूले अन्य सरकारहरूका लागि एउठा खतरा नजिर खडा गरेको उल्लेख छ ।  त्यस्तै ‘झुठ्ठा समाचार’को आड लिएर सार्वजनिक अभिव्यक्तिलाई तोडमरोड गर्ने तथा शक्ति सन्तुलनको काम गर्ने संस्थाहरूमाथि आक्रमण गर्ने प्रमुख नेताहरूको तत्परताले यो वर्ष अभिव्यक्ति स्वतन्त्रता मानवअधिकारको प्रमुख रणभूमि बन्दै छ भन्ने देखाएको एम्नेस्टी इन्टरनेसनलको ठहर छ । 

घृणामा बृद्धि
प्रतिवेदनले पोल्याण्डको वार्सामा भएको राष्ट्रवादी मार्च, संयुक्त राज्य अमेरिकाको शार्लाेट्स्भिल्लमा भएको गोराहरूको सर्वाेच्चता र्याली र चेचेन्यादेखि इजिप्टसम्म यौनिक अल्पसङ्ख्यक समुदाय (एलजिबिटिआई)माथि भएको दमनहरूमा प्रयोग भएका विदेशीहरूदेखि त्रसित हुने मानसिकताले ग्रस्त नाराहरूमा देखिएको घृणाले भरिएको शब्दाडम्बरका विरुद्ध मानिसले निरन्तर आवाज उठाइरहनुपर्ने आवश्यकतलाई जोड दिएको छ ।
प्रतिवेदनले संसारभरका दशौँ लाख मानिसहरूले आवास, खाना र स्वास्थ्य हेरचाह जस्ता आधारभूत वस्तु र सेवामा बढ्दो जोखिमपूर्ण पहुँचको सामना गर्नु परिरहेको कुरालाई पनि उल्लेख गरेको छ । सरकारहरूले गरिबी र असमानताका अन्तर्निहित कारणहरूलाई सम्बोधन नगरेसम्म अझ ठूलो अशान्तिको खतरा रहेको कुरामा एम्नेस्टीले खबरदारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप