शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले–माओवादी एकता :१५ दिनभित्र  प्रतिवेदन  बुझाउन संयुक्त कार्यदललाई निर्देशन

बिहीबार, १० फागुन २०७४, १३ : ३१
बिहीबार, १० फागुन २०७४

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच  एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलिन संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् ।  दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । 

मंगलबार बसेको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको थियो । 

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउँदै अब २५ गतेभित्र समितिमा बुझाउनु पर्नेछ । 

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।  

उक्त कार्यदलले पनि एकीकृत पार्टीको अन्तरिम विधानको तय गरी समितिलाई २५ गतेभित्र  बुझाउनु पर्नेछ  । 

मंगलबार नै एमाले र माओवादीबीच  एकताबारे ७ बुँदे आधारपत्रमा  समझदारी भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप