बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज पनि काँग्रेस भातृ संगठनहरुको विरोध कार्यक्रम

बिहीबार, १० फागुन २०७४, १२ : ४६
बिहीबार, १० फागुन २०७४

काठमाडौं–राष्ट्रपतिले संविधान विपरित कार्य गरेको भन्दै नेपाली काँग्रसका भातृसंगठनले विरोधलाई जारी राखेका छन् । नेपाल विद्यार्थी संघ र तरुण दल राष्ट्रपति विद्या भण्डारीले  पुर्ववर्ति सरकारले सिफारिस गरेका नामलाई प्रतिस्थापन गरेसँगै विरोधमा उत्रिएका हुन् ।

नेपाल तरुण दलले राष्ट्रपतिलाई संविधान पढ्नका लागि राष्ट्रपति कार्यालयमा संविधानको  प्रति वुझाएको छ । तरुण दलले वुधवार राष्ट्रपति कार्यालयका सचिव मार्फत संविधान वुझाइएको अध्यक्ष जितमान वस्नेतले वताए । संविधान पढेर गल्ति सच्चाउन तरुण दलले राष्ट्रपतिलाइृ आग्रह गरेको छ ।  विरोधलाई निरन्तरता दिदैं विहिवार ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाउने कार्यक्रम राखिएको उनले वताए ।

नेपाल विद्यार्थी संघले राष्ट्रपति र सरकारका विरुद्धमा एकसाथ विरोध गर्दै आएको जनाएको छ । संघका अध्यक्ष नैन सिंह महरले राष्ट्रपतिको मनोनयनको विरोध मंगलवार देखि गर्दै आएको वताएका छन् । महरले क्याम्पस अगाडी दबाब र्याली विहीवार पनि जारी रहने वताए ।

महरले थप विरोधका कार्यक्रमका लागि शुक्रवार भातृ संगठनहरुको संयुक्त वैठक वस्ने जनाएका छन् । तर तरुण दलका अध्यक्ष वस्नेतले भने ‘तरुण दलले विरोधका कार्यक्रम संयुक्त रुपमा गर्ने वारे सोचेको छैन ।

वुधवार पत्रकार सम्मेलन गरि भातृसंगठनहरुले संविधानको मर्म र भावना विपरित राष्ट्रपतिको कदम रहेको जनाँउदै राष्ट्रपति आलांकारिक भुमिकामा रहन आग्रह गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप