शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती गर्न खोज्ने ३ वर्षपछि पक्राउ

बिहीबार, १० फागुन २०७४, १२ : ४३
बिहीबार, १० फागुन २०७४

पाँचथर–कक्षा १० मा अध्ययनरत एक बालिकलाई जवरजस्ती विवाह गर्न खोज्ने युवक ३ वर्षपछि पक्राउ परेका छन् । 

विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई साथीहरुको सहयोगमा अपहरण गरि जवरजस्ती विवाह गर्न खोज्ने साविक आङ्ना गाविस वडा नं. ४ का २१ वर्षीय जीवन तिम्सिना खत्री पक्राउ परेका हुन् । उनलाई प्रहरीले फागुन ७ गते झापाको दमकबाट पक्राउ गरेको हो । 

स्थानीयवासी तथा बालिकाका आफन्तले जवरजस्ती विवाह गर्नबाट रोकेपछि उनी फरार भएका थिए । 

विशेष सुराकीका आधारमा प्रहरी सहायक निरीक्षक कमल थापा नेतृत्वको प्रहरी टोलीले खत्रीलाई झापाको दमकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खत्रीलाई मंगलबार अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

घट्नापछि खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउनु नहुने भन्दै काँग्रेसका केही स्थानीय तथा जिल्ला स्तरकै नेताहरुले प्रहरीलाई चर्को दबाव दिएका थिए । दबावपछि समयमै मुद्दा दर्ता हुन नसक्दा खत्री भागेर काठमाडौँ हुँदै रोजगारीका लागि विदेश पुगेका थिए । 

चौतर्फी दबावपछि प्रहरीले पीडित बालिकाका आफन्तको जाहेरी दर्ता गर्नुका साथै अनुसन्धानपछि खत्रीविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएको थियो ।

 केही समयअघि नेपाल आएर दमकमा बस्दै आएका उनलाई पाँचथर प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप