शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतले कारवाही गर्लान् यी मेडिकल कलेजलाई ?

बिहीबार, १० फागुन २०७४, १२ : २४
बिहीबार, १० फागुन २०७४

काठमाडौं–दुई नम्बर प्रदेशमा विवादकै घेरामा रहेका जनकपुरका जानकी मेडिकल कलेज र वीरगञ्जको नेशनल मेडिकल कलेजलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपालका विद्यार्थी संगठनले माग गरेका छन् । 
सो विद्यार्थी संगठनले आज विहान दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाएका छन् । 

कर छली, अवैध विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्क निर्धारण गरेको कारण पटक पटक विवादमा आउने गरेका  वीरगञ्जका नेशनल मेडिकल कलेजको बारेमा मुख्यमन्त्री राउत र मन्त्री सोनल अन्नभिज्ञ छैनन् । 

उनी तत्कालिन वीरगञ्ज नगरपालिकामा अधिकृतमा जागिरे हुँदा कर छलि विवादलाई नजिकबाट हेरेका छन् । 

सोनल पनि बाराकै हुन् । वीरगञ्जको नजिकै रहेको बाराका सोनल त्यो कलेजबारेमा सबै कुराका जानकार छन् । अब यी दुवैजना नीति निर्माण तहमा आएका हुनाले ती कलेजलाई मापदण्डको दायरमा ल्याउन छन् कि ल्याउन सक्दैन त्यो  हेर्न भने बाँकी छ ।

कलेज सञ्चालक बसरुद्दीन अन्सारी एमालेका नेता हुन् । त्यसअघि उनी माओवादी केन्द्रमा थिए । 

स्थानीय तहको चुनावमा एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा लडेका अन्सारी पराजित भएका थिए । उनी प्रतिनिधिसभा चुनावमा पनि लडेका थिए तर जित्न सकेका थिएन । 
जहिले पनि शक्ति केन्द्रको अघि पछि गरिरहने अन्सारी कलेजलाई ब्यारेक जस्तो बनाएको आरोप विद्यार्थीले लगाएका छन् ।  यसो त उनले केन्द्रबाट अनुगमनका लागि पटक पटक केलेजमा जाँदा अवरोध समेत पुर्याएको विद्यार्थी संगठनको भनाई छ । 

नेशनल मेडिकल कलेजलाई ब्यारेक तरिकाले सञ्चालनमा ल्याएको आरोप लगाउँदै विद्यार्थी अध्यक्ष मनिष मिश्रले सरकारले एमबीबीएस र एमडी लगायतको पाठ्यक्रमहरुमा तोकेको शुल्कभन्दा बढी शुल्क ब्ल्याकमेल गरी असुल गरेको दावी गरे । 

भारतीय विद्यार्थीबाट बढी पैसा असुल्ने लोभमा नेपाली विद्यार्थीलाई सीट प्याक भएको भन्दै पढाईबाट बन्चित गरेको अरोप विद्यार्थीको रहेको छ । 

जनकपुरको जानकी मेडिकल पनि कहिल्यै विवाद मुक्त रहेन । कहिले विद्यार्थी पुग्दैन भने कहिले विद्यार्थी बढी भएर हैरान । प्रत्येक वर्ष व्यवस्थापन परिवर्तन भइरहन्छ । कर्मचारीलाई समयमा तलब दिइँदैन । त्यसका लागि कर्मचारीहरु जहिले पनि आन्दोलन नै गरिरहेका हुन्छन् । शिक्षण अस्पतालको कुनै पनि मापदण्ड त्यो कलेजले पुरा नगरेको  विद्यार्थी अध्यक्ष मनिष मिश्रको आरोप छ ।

कलेजले जनकपुरमा करौडो रुपियाँ ऋण तिर्न बाँकी छ तर ऋण नतिरी त्यसका मालिक डिल्लराज पौडेलले कलेजको कमाईबाट अन्य अन्य काममा लगानी गरिरहेको विद्यार्थीको आरोप छ । 

यी कलेजमाथि विगतमा कारबाही हुन नसकेकेकोमा  अब आफ्नै सरकार गठन भएपछि कारवाहीको दायरामा ल्याउन सकिन्छ कि भनेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको  मिश्रले बताए । 

यदि कारवाही भएन भने कलेज विरुद्धमा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । 

यता ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले दोषी देखिएका ती कलेजहरुलाई कानुन दायरमा ल्याएर कारवाही गर्ने आश्वासन दिएका छन् । 

त्यस्तै मन्त्री सोनलले पनि छानविन गरि दोषीमाथि कारवाही गर्ने आश्वासन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप