बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री ओलीले दिए यस्तो संकेत

बुधबार, ०९ फागुन २०७४, २० : १४
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २ दिन भित्र मन्त्रीपरिषद विस्तार हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भोलीवा पर्सीभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने दाबी गर्दै मन्त्रिपरिषदको आकार ६४ सदस्यीय नहुने व्यंग समेत गरे । 

काठमाडौंको इन्द्रदह महोत्सव कार्यक्रमलाई सम्बोधन गरेपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद छरितो हुने संकेत समेत गरे । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकार ६४ सदस्यीय थियो । प्रधानमन्त्री ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप