शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा.गोविन्द केसीको जन्ममितिबारे खुल्यो अर्को नयाँ रहस्य (नागरिकताको तस्बीरसहित)

बुधबार, ०९ फागुन २०७४, १९ : २६
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– प्रध्यापक डा.गोविन्द केसीको जन्ममिति विवादका विषयमा अर्को नयाँ रहस्य खुलेको छ । डा. केसीले यसअघि मेडिकल काउन्सिलमा पेस गरेको नागरिकता प्रमाणपत्रका विषयमा अर्को रहस्य खुलेको हो । डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा अर्कै  जन्ममिति भएको पाइएको छ । उच्च  श्रोतका अनुसार डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा उनको जन्ममिति अठार वर्ष लेखिएको छ भने पुरा जन्ममिति खुलेको थिएन  । उक्त नागरिकताको नम्बर १०१२ उल्लेख गरिएको छ ।  यस्तै नागरिकता मिति २०३१/०२/०९/०४  मा लिएको देखिन्छ |

जन्ममिति विवादमा फसेपछि डा. केसीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक प्रमाणपत्रमा उल्लेख गरिएका फरक–फरक जन्ममितिका बारेमा स्पष्टीकरण दिएका थिए । डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएको थियो ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।  उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । तर उनले घुमाउरो ढंगले फरक–फरक जन्म मितिलाई स्वीकार गरेका थिए । यद्यपि, उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको मिलेमतोमा यो अफवाह फैलाइएको आरोप समेत लगाएका थिए ।  

 मेडिकल काउन्सिलमा पेस गरेको प्रमाणपत्रमा  भने नयाँ तथ्य उल्लेख भएको पाइएपछि अर्को विवाद जन्मिने संकेत देखिएको छ ।

नागरिकताको प्रतिलिपि लिंदा उनले पुरा जन्म मिति खुलाएर लिएको देखिन्छ | प्रधानन्यायाधीश गोपाल पराजुलीको हकमा पनि नागरिकता लिंदा उमेर २१ वर्षमात्र उल्लेख थियो र प्रतिलिपि लिँदा पुरा जन्ममिति लेखिएको थियो |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप