बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विराटनगर किंग्स सबैभन्दा महंगो टिम

बुधबार, ०९ फागुन २०७४, १८ : ४४
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– धनगढी प्रिमियर लिग डिपिएलको आगामी संस्करणमा विराटनगर किंग्स सबैभन्दा महँगो टिम बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न खेलाडीको अक्सनमा कुल ९ लाख ९५ हजार रुपैयाँ खर्च गर्दै विराटनगर महँगो टिम बनेको हो । रणनीतिक खेलाडी पारस खड्का रहेको विराटनगरले बसन्त रेग्मीलाई अनुबन्ध गर्नका लागि १ लाख ५० हजार खर्चिएको छ । त्यसैगरी पृथु बाँस्कोटालाई १ लाख २० हजारमा अनुबन्ध गरेको विराटनगरले पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिपनाथ र अनिलकुमार साका लागि जनही १–१ लाख लगानी गरिएको छ ।  अक्सनका लागि समुह एमा रहेका मञ्जित श्रेष्ठलाई विराटनगरले न्युनतम रकम ७५ हजार खर्चिएको छ भने अभिनाश बोहरा र पुन विकलाई ५०–५० हजार लगानी गरेको छ । 

यस्तै, सुवोध ऐर र फिरतोष अन्सारीका लागि भने न्युनतम २५ हजार रकममा अनुबन्ध गरेको छ । प्रत्येक टिमका लागि ११ लाखको अधिकतम रकम खर्च गर्ने पाउने ब्यवस्था गरिएको थियो । खेलाडी खरिदका लागि विराटनगर किंग्सले कुल ९ लाख ९५ हजार खर्च गरेको छ भने महेन्द्रनगर युनाइटेडले ९ लाख १५ हजारमा टिम बनाएको छ । यस्तै रुपन्देही च्यालेन्जर्सले ८ लाख ७० हजार खर्च  गर्दा काठमाडौं गोल्डेन्सले ८ लाख ३५ हजार खर्च गरेको छ । धनगढीको टिम चौराहाले ७ लाख ५५ हजार खर्च गरेको छ भने सीवाईसी अत्तरियाले सबैभन्दा कम ७ लाख ३० हजार खर्च गरेको छ । भेटरान बलर बसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बनेका छन् । 

चारैजना जना खेलाडीका छुट्टा छुट्टै टिममा समान १ लाख ५० हजारमा अनुबन्धित भएका हुन् । बसन्त रेग्मी विराटनगर किंग्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले महेन्द्रनगर युनाइटेडबाट खेल्नेछन् । यस्तै अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप