शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेता खड्काको स्मृतिमा पत्रकार राजवंशी पुरस्कृत

बुधबार, ०९ फागुन २०७४, १८ : २८
बुधबार, ०९ फागुन २०७४

झापा–गौरिशंकर स्मृति प्रतिष्ठान झापाले आदिवासी समुदायका अगुवा पत्रकार इन्द्रसिंह राजवंशीलाई गौरिशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।  झापाको बिर्तामोडमा बुधबार प्रतिष्ठानले आयोजना गरेको खड्काको सातौं स्मृति दिवशमा पत्रकार राजवंशीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी नेता राम कार्कीले राजबंशीलाई नगद १५ हजार र सम्मान पत्रले परस्कृत गरेका थिए । पूर्व सञ्चार मन्त्रीसमेत रहेका कार्कीले खड्काको सादा जीवनको सबैले अनुसरण गर्नुपर्ने बताए । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएको अवस्थामा गौरिशंकर जस्ता नेताको स्मृति मजवुत हुने उनको भनाई छ । 

माओवादी जनयुद्धमा पूर्वी नेपालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौरिशंकर खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनको सात वर्षअघि क्यान्सरबाट मत्यु भएको थियो । सादा जीवनका धनी खड्का शान्त र बिनम्र स्वभावका धनी भएको कार्यक्रममा सहभागि वक्ताले धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप