शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय कारोबार ऐन परिवर्तन गर्न नेपाल प्रहरीको माग

बुधबार, ०९ फागुन २०७४, १७ : ५५
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । प्रहरी नायव महानिरीक्षक पुस्कर कार्कीले सूचना प्रविधिको दुरुपयोगबाट हुने सुरक्षा चुनौती सामना गर्न पनि विद्युतीय कारोबार ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समय अनुकूल ऐनको अभावमा पनि सूचना प्रविधिको दुरुपयोग गर्नेहरुमाथि कार्वाही गर्न प्रभावकारी कदम चाल्न सक्ने अवस्था नरहेको स्पष्ट  पारे । 
सरकारले २०६४ सालमा बनाएको विद्युतीय कारोबार ऐन हालसम्म एकपटक मात्रै संशोधन भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख समेत रहेका कार्कीले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा चुनौती थपिदै गएको चर्चा समेत गरे । प्रहरी नायव महानिरीक्षक कार्कीले सूचना प्रविधिको दुरुपयोगलाई रोक्न नेपाल प्रहरी प्रविधियुक्त हुनुपर्ने पनि स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप