सेञ्चुरी बैंकका पाँचवटा नयाँ शाखा बिस्तार
बुधबार, ०९ फागुन २०७४, १७ : ४७
काठामाडौ– सेञ्चुरी कमर्सियल बैंकले देशका ग्रामीण भेगका जनतामाझ बैंकिङ्ग पहुँच पुर्याउने उदेश्यले हालै ५ वटा नयाँ ग्रामीण शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ्ग जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
शाखा कार्यालयहरुको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रीय कार्यलयबाट शुभारम्भ गरेका हुन् । २०६७ फाल्गुण २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोबार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने