सुचना प्रविधिलाई सदुपयोग गर्न सक्नुपर्छः सचिव भट्टराई
बुधबार, ०९ फागुन २०७४, १७ : ४१
काठमाडौं–एमाले सचिव योगेश भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिने बताएका छन् । सचिव भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको माध्यमबाट मध्यम र तल्लो स्तरका जनतालाई राज्यको सेवा र सुविधाको पहँुचमा ल्याउने लक्ष्य लिने पनि स्पष्ट पारे ।
बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादको आधार निर्माण गर्ने संवैधानिक लक्ष्य पूरा गर्न पनि सूचना प्रविधिको भरपुर सदुपयोग गर्नुपर्ने पनि स्मरण गराए ।
सचिव भट्टराईले सूचना प्रविधिको सही सदुपयोग गर्न नसके नेपालको राष्ट्रियता नै संकटमा फस्ने चेतावनी समेत दिए । सचिव भट्टराईले सूचना प्रविधिको प्रयोगबाट समाजमा विद्यमान आर्थिक–सामाजिक लगायतका विभेद् न्यूनिकरण गर्दै लैजानुपर्नेमा पनि जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता