मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ममिति विवादमा डा.केसी पनि फसे

बुधबार, ०९ फागुन २०७४, १७ : ३३
बुधबार, ०९ फागुन २०७४

काठमाडौं- प्रा.डा. गोविन्द केसी आफैंले आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार गरेका छन् ।

सामाजिक संजालमा उनका फरभ फरक तीन वटा जन्ममिति भाईरल भएपछि उनले त्यसको सफाई दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तीमा जन्ममिति फरक भएको स्वीकार गरिएको हो ।  

डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक९फरक जन्ममिति भेटिएको हो ।

डा केसीमाथि उठ्यो नैतिक प्रश्न, सामाजिक सञ्जालमा ‘तीनथरी’ जन्ममिति भाइरल

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । 

उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप