काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने
काठमाडौं– आगामी शुक्रबारदेखि काठमाडौंमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल ‘हिसान’का अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।
बुधबार काठमाडौंमा सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता अनुसारको मुलुकको समग्र शैक्षिक नीति तय गर्न सम्मेलनले सरकारलाई सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । सम्मेलनमा अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, थाईल्याण्डसहित विभिन्न देशका प्राज्ञहरु सहभागी हुनेछन । २ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । सम्मेलनले नेपालको शैक्षिक क्षेत्रमा आवश्यक नीतिगत निर्णय लिन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’