बलिउका यी नम्बर वान हिरो, जसको बिबाहपछि पनि चल्यो अफेयर
मुम्बई –कलाकारको लभ र अफेयर्सका समाचारले हमेसा बलिउड गर्माउने गरेको छ । यस्ता समाचारले कलाकारको फ्यानलाई समेत उत्साहित बनाउने गरेको छ । बलिउडमा केही यस्ता पनि कलाकार छन्, जो बिबाह पछि पनि लभ र अफेयरमा हमेशा रहने गर्दछन् । ती कलाकारको चर्चा तिर लाग्यौ ।
अमिताभ बच्चन र रेखा
बलिउडमा अमिताभ बच्चन र रेखाको प्रेमको चर्चा अझै सुन्न पाइन्छ । जुन समय यी दुबै अफेयरमा रहेका थिए । सो समय अभिताभको बिबाह जयासँग भैसकेको थियो । तरपनि यी दुबैले लभ र अफेयरमा केही समय इन्जोय गरे ।
गोबिन्दा –रानी मुखर्जी
हिरो नम्बर वान देखि पार्टनरसम्मका अभिनेता गोबिन्दाले एक से एक चर्चित चलचित्रमा अभिनय गरेका छन् । गोबिन्दा र रानी मुखर्जीले पनि जोडीको रुपमा धेरै चलचित्रमा काम गरेका छन् । एक समय यी दुबै कलाकार अफेयरमा रहेका थिए । रानीसँगको अफेयरको समयमा गोबिन्दा बिबाहित थिए । अफेयरका कारणले पनि उनको बैबाहिक जीवनमा केही उतार चढाव आएको थियो ।
संजय दत्त र माधुरी दीक्षित
बलिउडका नायक संजय दत्त पनि अफेयरमा अगाडि रहेका छन् । त्यसो त संजयले तीन बिबाह गरेका छन् । एक समय यस्तो पनि थियो । जुन समय संजय र माधुरी एक अर्काेको अफेयरमा रहेका थिए । सो समय संजय रिचासँग बैबाहिक सम्बन्धमा रहेका थिए ।
शाहरुख खान र प्रियंका चोपडा
फिल्म ‘डान २’को सुटिङमा प्रियंका र शाहरुखले एकसाथ काम गरेका थिए । फिल्ममा दुबैको केमिस्ट्री राम्रो देख्न सकिन्थ्यो । सुटिङकै समयमा यी दुबैको अफेयरको खबर पनि बाहिर आयो । शाहरुखकी पत्नी गौरीले यस चलचित्र पछि शाहरुखलाई प्रियंकासँग नजिक हुन समेत रोक लगाइन् ।
ऋतिक रोशन र कंगना रानावत
ऋतिक र कंगनाको अफेयरले यति चर्चा पायो कि यस्तो चर्चा अन्य कलाकारको अफेयरले सायदै पाएको होला । यी दुबैको अफेयर चलचित्र कृष २ को छायाँकनको क्रममा भएको थियो । यसपछि यी दुबै बीच कानुनी लडाइ समेत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी