शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् धेरै माग हुने ब्लड : ब्लड बैंक सञ्चालनप्रति सरोकारवालाको बेवास्ता

बुधबार, ०९ फागुन २०७४, १३ : २४
बुधबार, ०९ फागुन २०७४

 काठमाडौँ । केही समयअघि मात्रै काठमाडौँ जोरपाटीका दिनेश तामाङले आफ्नी श्रीमतीलाई प्रसूति गराउन थापाथलिस्थित प्रसूतिगृहमा भर्ना गरे ।

इमेरजेन्सी वार्डबाट अप्रेसन गर्नुपरेको खण्डमा रगत चाहिनसक्नेमा तामाङ आफै जानकार थिए । त्यसैले उनले आफूलाई चाहिनसक्ने रगत खोज्न केन्द्रीय रक्तसञ्चार केन्द्र बालकुमारी, सोसाइटी, टिचिङलगातका उपत्यकाका धेरै अस्पताल भौँतारिए । तर कहीँ, कतैबाट पनि ए.बी. पोजेटिभ रगत पाउन सकेनन् । केही नलागेपछि उनले सोही ब्लड ग्रुप भएका आफ्ना साथीलाई श्रीमतीको डेलिभरी नभएसम्म अस्पतालमै राखे ।

प्रसूतिगृहमा थापाथली रक्तसञ्चार विभागमा दैनिक ४० देखि ६० पोका ब्लड माग हुन्छ तर गर्भवती महिलालाई बढी रक्तस्राव भएको खण्डमा मात्रै रगत दिनुपर्ने हुन्छ ।  मागभन्दा आधा मात्रै ब्लड दिनुपर्ने गरेको ब्लडक विभागका पर्शुराम दाहाल बताउँछन् ।

प्रसूतिगृहबाट ए पोजेटिभ, ओ पोजेटिभ र बी पोजेटिभको ब्लड बढी माग हुन्छ ।   डोनेसन ब्लडलाई एक्सपाएर हुन नदिनका लागि प्याक सेल, पीआरपी गरी कम्पोनेट सिस्टममा राख्न सके केही हदसम्म समस्या नहुने दाहालको भनाइ छ । सी.पी.टी रहेको ब्लड २८ दिनसम्म प्रयोग गर्न मिल्छ । सी.पी.टी ए वान ए ३५ दिन, पी.आर.पी, एफ.एफ.पी र प्याक आर.भी.सी.मा स्यागम मिसाएको ब्लड ४२ दिनसम्म बिरामीको शरीरमा प्रयोग गर्न मिल्छ ।
 
पर्याप्त रक्तदान छैन
यता केन्द्रीय रक्तसञ्चार केन्द्रका अनुसार नेपालमा अत्याधिक मात्रमा ब्लड अभाव नभए पनि केही न केही मात्रमा भइरहेको बताए । हाल नेपालमा वार्षिक १ लाखले रक्तदान गर्दै आइरहेका छन् ।

त्यसमध्ये पनि ७० देखि ८० हजारले मात्रै नियमित रक्तदान गर्ने गरेका छन् । यो सङ्ख्यामध्ये पनि वार्षिक ४ पटकसम्म रक्तदान गर्ने एउटै व्यक्ति पनि छन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रका उप—निर्देशक डाक्टर प्रकाश यादवले अहिले रक्तदान गरिरहेको सङ्ख्या प्रयाप्त नभएको बताए । ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलाले रक्तदान गर्दै आइरहेका छन् । कुनै पनि देशमा जनसङ्ख्याको २ प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । तर नेपालमा १ प्रतिशतभन्दा पनि कमले रक्तदान गर्दै आइरहेका छन् । नेपालमा अन्य देशको जसरी २ प्रतिशतले पनि रक्तदान गर्नुपर्ने जरुरी छैन ।

नियमित डोनेसन   १ लाख ५० हजार हुन सकेको खण्डमा रगत अभावको समस्या देशले झेल्नु नपर्ने । विरुद्धको समयमा पनि समस्या नहुने उपनिर्देशक डा. यादवले रातोपाटीलाई बताए ।    
आ.व. २०७३÷०७४ मा २ लाख ३६ हजार ७९९ युनिट ब्लड होल नेसनमा कलेक्सन भएको थियो । जसमध्ये ६५ हजार ४ सय ६० केन्द्रले नै कलेक्सन् गरेको थियो ।

ब्लड प्रयोग गर्दा सङ्कलन र रिप्लेसमेन्टबाट गर्ने हो । नेपालमा रिप्लेसमेन्ट डोनेसन १३.७४ प्रतिशत रहेका छन् ।  जस्तै एकजनालाई ब्लड चाहिएको छ तर कुनै पनि ब्लड बैङ्कमा रगत नपाएको खण्डमा तपाईंले ब्लड ग्रुप मिल्ने व्यक्तिबाट रगत लिनु भएको छ भने यो प्रक्रियालाई नै अपुग मान्दै आइरहेको डा. यादवको भनाइ छ । १३.७४ प्रतिशत अभाव भएको ब्लड कलेक्सन् गर्न सकेको खण्डमा अभाव शुन्यमा झर्न सकिने उनी बताउछन् ।  तर रिप्लेसमेन्ट ब्लड बैङ्कमा रगत नै नभएको खण्डमा गरिन्छ भने अर्काे फ्रेस ब्लड चाहिएको खण्डमा ब्लड बैङ्कमा भएको रगत बिरामीलाई दिन मिल्दैन । त्यसका लागि ब्लड ग्रुप मिल्ने व्यक्तिबाट नै तत्काल लिनुपर्ने हुन्छ ।

  यता रिप्लेसमेन्ट ब्लडको माग घटाउन सके पनि फ्रेस ब्लडको प्रतिशत भने घटाउन सकिन्न ।

गत वर्ष ३ लाख ३७ हजार ३२१ प्याक ब्लड माग भएको थियो भने त्यो माग पूरा गरेको डा. यादवले बताए । १ लाख १३ हजार १३३ प्याक केन्द्रले वितरण गरेको थियो । दैनिक ३ सय युनिटदेखि साढे ४ सय युनिटसम्म ब्लड गइरहेको छ ।
 
यो समयमा हुन्छ ब्लडको समस्या
माग भएअनुसारको ब्लड पुर्याउँदै आइरहे पनि एक वर्षमा एक पटक भने ब्लड अभाव हुँदै आइरहेको छ । दशैँदेखि छठसम्म सार्वजिनक बिदा हुनेहुँदा ब्लड डोनेसनको कार्यक्रम खासै हुँदैनन् ।  विद्यालय, कलेजमा सार्वजनिक बिदा भएको हुँदा यो समयमा ब्लडको डिमान्ड आउँछ तर कलेक्सन नहुने हुँदा ब्लड अभावको समाचार बाहिर जाने गरेको उपनिर्देशक डा. यादवले बताए । यो समयको समस्या समाधान गर्नका लागि डोनेसनबाहेक कुनै पनि विकल्प छैन् डा. यादव । यस्तै आपतकालीन अवस्थामा पनि रगतको अभावन झेल्दै आएको छ ।
 
थपेन सङ्ख्या
सरकारले वि.स २०७१ सालमा अरू कुनै पनि सङ्घ, संस्थाले ब्लड बैङ्क सञ्चालन गर्न सक्ने नीति ल्याएको थियो । तर अहिलेसम्म कुनै सङ्घ, संस्थाले ब्लड बैङ्क सञ्चालनका लागि चासो नदेखाएको केन्द्रले जनाएको छ ।

नीति ल्याएको ३ वर्षसम्म पनि रेडक्रसले यो काम धान्दै आइरहेको डा. यादवले बताए । अहिले जुनसुकै सङ्घ संस्था सञ्चालन गर्दा व्यावसायिक तवरबाट सोच्छन् ब्लड बैङ्कमा कुनै पनि नाफा नभएको कारण अहिलेसम्म पनि रेडक्रस एक्लैले यो काम धानेको डा. यादवको अनुमान छ । उनी भन्छन्– जसले ब्लड बैङ्क सञ्चालन गरे पनि नाफामूलक, व्यवसायमूलकभन्दा पनि समाज सेवाको हिसाबमा ब्लड बैङ्क सञ्चालन गर्नुपर्ने उनले सुझाए ।

नेपाल सरकारको सहयोग कस्तो छ ?
रेडक्रसलाई ब्लड बैङ्क सञ्चालनका लागि अनुमति दिएपछि नेपाल सरकारकै नीति नियमअनुसार सञ्चालन हुने नै भयो । अहिलेसम्म सरकारले केन्द्रलाई ब्याग, साधन खरिदका लागि विभिन्न सहयोग गर्दै आइरहेको छ ।

तर स्वास्थ्य मन्त्रालयले रक्तसञ्चार केन्द्रलाई बजेट विनियोजन गर्न सकेको खण्डमा अझ राम्रो हुने बताए । बजेट नहँुदा ब्लड बैङ्कमा आवश्यक पर्ने नयाँ नयाँ सामान खरिद गर्न नसकेको केन्द्रीय रक्तसञ्चार केन्द्रमा पुरानै मेसिनहरू रहेको पनि डा. यादवले बताए । भन्छन्, प्रर्याप्त बजेट भएको खण्डमा दोब्बर राम्रो काम गर्न सक्ने थियाँै । बजेटको विषयमा पटक पटक सरकारसँग कुरा गर्न गएकै हौँ । तर सरकारले हुन्छ पनि भनेको छैन, हुन्न पनि भनेको छैन ।   


 
सरकारको भनाइ
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण गिरीले पनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा आएको  ब्लड बैङ्क सरकारी निकाय नभएका कारण बजट विनियोजन गर्न नसकेको बताए । तर केन्द्रको आवश्यकअनुसार सहयोग  गर्दै आएको बताए । प्रवक्ता डा. गिरीले ब्लडको सबै जिम्मेवारी रेडक्रसलाई दिइएको छ । अबको आर्थिक वर्षमा रेडक्रसबाट प्रस्ताव आएको खण्डमा बजेटको बारेमा पनि सोच्ने रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप